अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

जापानमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प

बिआरटीनेपाल २०७७ फागुन २ गते ७:०७ मा प्रकाशित

जापानमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प गएको छ । स्थानीय समय अनुसार शनिवार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण ५० जना घाइते भएका छन् । तर फुकुशिमा आणविक केन्द्रमा भने कुनै क्षति नभएको अधिकारीहरुले जनाएका छन् । दर्जनौ घरहरुमा क्षति पुगेको छ ।

राजधानी टोकियोलगाएत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ । भूकम्प लगत्तै दुई वटा पराकम्प गएको थियो । तर सुनामीको चेतावनी भने दिइएको छैन । जापानमा यसअघि सन् २०११ मा फुकुशिमामा भूकम्प पछि आएको सुनामीका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू