अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

वर्तमान सरकार कसको नेतृत्वमा हो ?– प्रधानन्यायधीश राणा

बिआरटीनेपाल २०७७ फागुन २ गते ७:०२ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार कसको नेतृत्वको हो भनि इजलासमा प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आज देखि सुरु भएको रिट निवेदकतर्फको जबाफी बहसका क्रममा प्रधानन्यायाधीश राणाले अधिवक्ता डा. दीनमणि पोखरेललाई यसबारे प्रश्न गर्नुभएको हो । अहिलेका प्रधानमन्त्री जो हुनुहुन्छ, केपी ओलीको सरकार हो कि नेकपाको सरकार हो ?राणाको प्रश्न थियो ।

जबाफमा पोखरेलले नेकपाको सरकार भएको बताउनुभएको थियो । राणाले फेरि जब नेकपाको बहुमत छ, संसदीय दल छ, धारा ७६ को १ अनुसारको प्रधानमन्त्री भएपछि सोही धाराको उपधारा २, ३ र ५ को अवस्था कहाँबाट देख्नुभयो तपाईँले ? भनेर प्रश्न गर्नुभयो । यसबारे न्यायाधीश तेजबहादुर केसीले ‘ओली भन्दा बहुमतको अर्को सरकार कसरी बन्छ त ?भनेर सोध्नुभएको थियो । जबाफमा पोखरेलले न्यायाधीशहरुको बुझाइमा फरक परेको जिकिर गर्नुभयो ।

Print

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू