अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

पोखरामा लेखिएको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार समर्पण

बिआरटीनेपाल २०७७ फागुन १ गते ७:१६ मा प्रकाशित

२०७६ सालको मदन पुरस्कार विजेता कृति महारानीलाई आज पोखरामा पुरस्कार समर्पण गरिएको छ । पुरस्कार समारोह अनलाइनमार्फत सम्पन्न भएपनि आज पोखरामा मदन पुरस्कार गुठीले भौतिकरुपमा समर्पण गरेको छ । समर्पण समारोहमा पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले महारानी पोखरामा लेखिएको रहस्योद्घाटन गर्नुभयो । बाँनियाले भन्नुभयो, ‘म भाडामा बसेको घरको छिँडीमा महारानी लेखिएको हो ।’

‘महारानीमा पर्वतलाई केन्द्र बनाएर तत्कालीन बाइसे, चौबिसे राज्यभित्र हुने राजनीतिक खिचातानीलाई समेटिएको छ’ बानियाँले भन्नुभयो ‘तर उपन्यारको सम्पूर्ण लेखनी पोखरामा भएको हो । पोखरामा रहेर यहीकोबारे लेख्ने हुटहुटी भएपनि लेख्न सकिएला भन्नेमा ढुक्क नरहेको बताउँदै बानियाँले पोखरालाई नजिकबाट नियालिरहेको टिप्पणी गनुृभयो ।

यसैबीच, बानियाले पुस्तक प्रकाशनको जिम्मा लिने शिखा प्रकाशनप्रति कृतज्ञता ज्ञापन गर्दै गुठीप्रति आभार व्यक्त गर्नुभएको छ । समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले स्वागत मन्तव्य राखेपछि संस्कृतिवीद् तीर्थ श्रेष्ठको विद्वत् प्रवचन राखिएको थियो । बानियाँको ‘ऐतिहासिक पर्वत राज्य र मृत्युसंस्कार मन्थन’ लगायत दर्जन कृति प्रकाशित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू