अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

यमनमा २२ प्रतिशतले भोकमरीको संख्या बढ्ने अनुमान

बिआरटीनेपाल २०७७ फागुन १ गते ७:१४ मा प्रकाशित

यमनमा ५ वर्ष मूनिका आधा भन्दा बढी बालबालिका कुपोषणको सिकार हुने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।लामो समयदेखि द्वन्द्वग्रस्त यमनमा भोकमरीका कारण चार लाख भन्दा बढी बालबालिकाको मृत्यु भएको राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ । यस वर्ष मात्र करिब साढे २ लाख बालबालिका कुपोषणको सिकार हुने राष्ट्रसंघले चेतावनी दिएको छ ।

कुपोषणको समस्या समाधानका लागि तत्काल ठोष कदम नचाले बालबालिकाको मृत्युदर अझ बढ्न सक्ने राष्ट्रसंघले जनाएको छ ।राष्ट्रसंघको जनसंख्या विभाग प्रमुख डेभिड ब्यासलेले सन् २०२० को तुलनामा खानाको अभावमा कुपोषणको सिकार हुनेको संख्या २२ प्रतिशतले वृद्धि हुने दावी गर्नुभएको छ ।

यस्तै गर्भवती र स्तनपान गराउने १२ लाख महिलाहरु पनि अत्याधिक कुपोषणबाट ग्रसित हुने राष्ट्रंघले प्रक्षेपण गरेको छ ।यमनमा सन् २०१४ देखि होथी विद्रोहीले जारी राखेको युद्धका कारण लाखौ सर्वसाधारण विस्थापित हुनुका साथै कयौंको मृत्यु भएको छ । युद्ध जारी रहेकाले यमनका करिव ८० प्रतिशत नागरिकलाई सहायताको आवश्यक रहेको राष्ट्रसंघको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू