अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

माइतीघरमा नागरिकको आवाज – “प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन”

बिआरटीनेपाल २०७७ फागुन १ गते ७:०३ मा प्रकाशित

अहिंसात्मक नागरिक प्रदर्शनको नाममा शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा सरकारको प्रतिगनमकारी कदमविरुद्ध नागरिक समाजका प्रतिनिधिले प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन भन्दै नागरिक समाजका प्रतिनिधिले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

’संवैधानिक निकायको कब्जा बन्द गर’, ’संवैधानिक प्रणालीको सुरक्षा गर(राजद्रोहीलाई कारबाही गर’लगायत नारा लेखिएका पर्चासहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए । प्रदर्शनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू