अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

भारत तमिलनाडुको पटाका फ्याक्ट्रीमा भीषण आगलागी, ११ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ माघ ३० गते ७:०८ मा प्रकाशित

भारत तमिलनाडुको एक पटाका फ्याक्ट्रीमा भीषण आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार तमिलनाडुको विरुधुनगरको एक पटाका फ्याक्ट्रीमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो । घटनामा ३६ जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने जनाइएको छ ।

यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । त्यस्तै भारतीय काँग्रेस नेता राहुल गान्धी लगायतले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू