अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

नेपालमा थप १ सय २७ कोरोना संक्रमित, २ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ माघ ३० गते ७:०५ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार जनाको पीसीआर परीक्षण गर्दा २७ जनाको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू