अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५९ | Colorodo: 19:14

भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग कांग्रेसको माग

बिआरटीनेपाल २०७७ माघ ३० गते ६:५९ मा प्रकाशित

नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नुभएको हो ।

कांग्रेसले बलात्कार र हत्याका सबै घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन पनि माग गरेको छ । विज्ञप्तिमा भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो हप्ता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, पीडितको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ भनिएको छ ।

बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको कांग्रेसको भनाइ छ । जिम्मेवार तहबाट विकसित देशहरूमा पनि यस्तै हुन्छ भन्ने गैरजिम्मेवार जवाफले सरकारको उदासिनता प्रकट गरेको भन्दै कांग्रेसले महिलामाथि हिंसा, बलात्कार तथा हत्याका अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुकता बनाउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू