अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

रामकुमारी झाँकी पक्राउको विरोधमा प्रचण्ड–नेपाल समूहको र्याली

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:१९ मा प्रकाशित

बिहीवार दिउँसो पक्राउ पर्नुभएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइका लागि विभिन्न सङ्गठनले विरोध र्याली निकालेका छन् । प्रचण्ड–नेपाल समूहको अनेरास्ववियु, युवा सङ्घ लगायतका सङ्गठनको अगुवाइमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालिएको हो । र्यालीका सहभागीहरूले नेतृ झाँक्रीको रिहाइको माग गर्दै सरकारविरुद्ध चर्का नारा लगाएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीलाई गालीगलौज गरेको भन्दै महानगरीय अपराध महाशाखाले बिहीवार दिउँसो रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरेको छ ।केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू