अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

“प्रधानमन्त्री ओलीको ठाडो आदेशमा रामकुमारी झाक्री पक्राउ”– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:१५ मा प्रकाशित

नेकपा अध्यक्ष प्रचण्ड (नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित आदिवासी जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दे उहाँले प्रधानमन्त्रीले नेतृ झाँक्रीलाई पक्रन आदेश दिएको दाबी गर्नुभएको हो ।

झाँक्रीलाई पक्राउ गरेको घटनाले सरकारले उत्पीडित वर्ग जातिका प्रतिनिधिमाथि नै निसाना बनाएको भन्दै प्रचण्डले त्यसविरुद्ध एकजुट हुन पनि आव्हान गर्नुभयो । अध्यक्ष प्रचण्डले कुनै एउटा वर्गको विचारले सम्पूर्णरुपमा जितेर आएको संविधान नभएकाले राम्रा नराम्रा दुवै पक्ष रहेको भन्दै उहाँले जित्ने र हार्नेका बीचको सम्झौताको रुपमा बुझिदिन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रचण्डले विगतमा भन्दा तुलनात्मक रुपमा स्थानीय तहदेखि केन्द्रसम्मको प्रतिनिधित्व कायम गर्न सक्नु पनि उपलब्धी नै भएको भन्दै त्यसलाई जोगाई राख्न सरकारको प्रतिगमन विरुद्ध एकजुट हुन अपील गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू