अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

“अदालतमा विचाराधीन संसद् विघटनको मुद्दामा कांग्रेसले बोल्न मिल्दैन” – कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:१५ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले यसबारेमा बोल्न नमिल्ने दोहोर्याउनु भएको छ । आदिवासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिवासी जनजाति संघले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिवासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै सभापति देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले बोल्न नमिल्ने बताउनु भएको हो

सभापति देउवाले चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको लागि तयारी गरिरहनुपर्ने भन्दै आगामी दिनमा आउन सक्ने संसद् पुनःस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

त्यस्तै, सभापति देउवाले आदिवासी जनजातिहरुलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । आदिवासी, जनजाति तथा दलितहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनु भएको हो । उहाँले कांग्रेसले आदिवासी, जनजाति, महिला, दलित लगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकोले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू