अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

शेयरमा सामान्य सुधार

बिआरटीनेपाल २०७७ माघ २८ गते ७:२४ मा प्रकाशित

उतार चढावकाबीच बुधबार शेयर बजारमा सामान्य अंकको सुधार आएको छ ।कारोबार रकम पनि खुम्चिएको छ । बजार खुलेसँगै २५ सय ४८ सम्म पुगेको नेप्से परिसूचक २५ सय ११ सम्म झरेको थियो ।अन्त्यमा बजारमा ८ अंकको सुधार आएसँगै परिसुचक २५ सय ४३ मा पुगेर थामियो ।

बुधबार निर्जीवन बिमा समूह ६२ अंकले उकालो लाग्दा वित्त ३८, होटल ४४, बैक समुह २६ अंकले उकालो लागेका छन् भने जीवन बीमा समूह सबैभन्दा बढी १ सय १५ अंकले झरेको छ ।

यस्तै व्यापार ९७, उत्पादन ६९ अंकले ओरालो लागेका छन् ।अरु समुहमा पनि दोहोरो अंकले घटेका छन् ।बुधवार ५८ कम्पनीको शेयर मुल्य बढ्दा ९५ कम्पनीको मुल्यमा गिरावट आएको छ भने १० कम्पनीको मुल्य भने स्थिर रहेको एक्सचेन्जले जनाएको छ ।

बुधवार १ सय ९१ कम्पनीको १ कारोड ४९ लाख बढी कित्ता शेयर ७ अर्ब ६४ करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया