अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 20:35

नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिका प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७७ माघ २७ गते १५:३१ मा प्रकाशित

आदरणीय अमेरिकावासी
नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
जय नेपाल !

गैर आवासीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आगामी ( २०२१-२०२३ ) कार्यकालको लागि सदस्यता नवीकरण तथा नयॅा सदस्यता वितरण भई रहेको कुरा हामी सबैमा अवगत नै छ । गैर आवासीय नेपालीको हक अधिकारको बारेमा र समग्र नेपालीहरूको सकोकारको विषयहरूमा आवाज उठाउने एउटा आधिकारिक साझा संस्था भनेको एनआरएनए नै हो । त्यसैले यस संस्थाबाट नीतिगत तहमा हुने काम कारबाही सधैँ विवाद रहित र पारदर्शी बनाउनका लागि, सबैको भावनाको प्रतिनिधित्व र सम्बोधन हुने वातावरणको सृजना गर्न र संस्थालाई सशक्त, मजबूद एकताबद्ध तथा सबै अटाउने बृहत् साझा संस्था बनाउनका लागि अमेरिकामा रहेका नेपाली समुदायमा क्रियाशील र स्थापित संघसंगठनहरूको गहन भूमिका रहन्छ ।

यसै सन्दर्भमा आज फेब्रुअरी ७ तारिख २०२१ आइतबारका दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति आनन्द विष्टको अध्यक्षतामा समितिका सल्लाहकार, च्याप्टरका सभापति, अमेरिकामा रहेका नेका केन्द्रीय विभागका सदस्यहरू र कार्यसमितिको संयुक्त जुम बैठक एनआरएनएको विषयमा छलफलका लागि बस्यो ।

सो जुम बैठकको निर्णय अनुसार गैर आवासीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आगामी ( २०२१-२०२३ ) कार्यकालको लागि हुन गइरहेको महाधिवेशनमा सक्रिय सहभागिताका निमित्त सदस्यता नवीकरण र वितरण गर्ने अन्तिम मिति यही फेब्रुअरी १५ तारिख २०२१ सम्म मात्र भएकोले तोकिएको समय भित्रै, सदस्यता लिइदिन हुनका लागि विशेष गरेर संस्थामा आबद्ध शुभेच्छुक, शुभचिन्तक, साधारण एवं क्रियाशील सदस्यहरू र अमेरिकावासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली जनसम्पर्क समिति अमेरिका यसै विज्ञप्ति मार्फत हार्दिक विनम्र अनुरोध गर्दछ ।

साथै यही माघ २१ गते, बैतडी दोकडा केदार गाउँपालिकाकी १२ कक्षामा अध्ययनरत १७ बर्सिया भागीरथी भट्टको बलात्कार गरी अमानवीय तवरले जघन्य हत्या गरेको घटना प्रति घोर निन्दा र भर्त्सना गर्दै नेपाली जनसम्पर्क समिति अमेरिका यस्ता बर्बर र आपराधिक घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछ । यस दुःखद घडीमा सिङ्गो समितिको तर्फबाट भागीरथी भट्टको आत्माको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

धन्यवाद,
मुनीन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिका

प्रतिक्रिया