अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको पहलमा कोभिड-१९ को परीक्षण

बिआरटीनेपाल २०७७ माघ २६ गते ८:५८ मा प्रकाशित

न्यु योर्क, अमेरिका: गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले लिगल गुड र सामुदायिक विकासको लागी अन्तरद्रोही परिषद्सॅंग सहकार्य गर्दै न्युयोर्क सहरको क्वीन्स स्थित मोनार्क क्लिनिककी डाक्टर अलिसीया अलमेन्ड्रलले निःशुल्क उपलब्ध गराउनु भएको आफ्नै क्लिनिक मा फ्रेबवरी ६, २०२१ शनिवारका दिन सबै समुदायका मानिसहरूलाई निःशुल्क कोभिड-१९ को पी.सी.आर टेस्ट गराई सहयोग गर्नु भयो । हाम्रो यो प्रथम “स्वाब एण्ड सेभ लाईभ्स” को अभियान भव्यताका साथ सम्पन्न भएको छ ।

आजको कोभिड-१९ को पी.सी.आर टेस्ट फाउन्डेसनको पहलमा ४७ जना नेपाली समुदायका व्यक्तिहरूले गर्नु भएको भन्ने जानकारी यसै क्वीनिकका म्यानेजिङ पार्टनर जोन बाल्टजरले गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेलाई दिनु भयो । हाम्रो प्रथम “स्वाब एण्ड सेभ लाईभ्स” को अभियान कार्यक्रममा प्रमुख अतिथिको रूपमा रोन्डा बिन्डा-सहायक प्रेसिडेन्ट क्वीन्स बोरो प्रेसिडेन्ट अफिस एवं पूर्व उप-निर्देशक, यु.एस. डिपार्टमेन्ट अफ स्टेटको उपस्थितिले झनै हौसला बढाएको छ भने कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष श्री सुवर्ण लामा, कार्यसमिति सदस्यहरू क्रमशः रेखा श्रेष्ठ, राम चन्द्र अधिकारी, राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, लिगल गुडकी अध्यक्ष लारा ग्रेगोरी, फिलिपीनो-अमेरिकनकी नेत्री सिसीली लाई लगायतको विशेष उपस्थिति रहेको थियो ।

फ्रेबवरी ४, सात बजे बेलुका “स्वाब एण्ड सेभ लाईभ्स” जुम मार्फत प्रत्यक्ष प्रक्षेपण भएको थियो र यस प्रक्षेपण कार्यक्रममा यु.एस. कांग्रेसवुमेन ग्रेस मेड, न्युयोर्क राज्यका ऐसेम्ब्लीमेम्बर द्वय जेनिफर राजकुमार, खलिल ऐन्जरसन, न्युयोर्क राज्यका सेनेटर लेरोय काम्री, न्युयोर्क सहरका सिटी काउन्सीलमेन बेरी ग्रोडेनचुकको उपस्थिति रहेको थियो ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले लिगल गुड, आ.सी.सी.डी लगायत विभिन्न सङ्घ-संस्थाहरुसॅंग सहकार्य गर्दै “स्वाब एण्ड सेभ लाईभ्स” को अभियान बृहत् तरिकाले अगाडि बढाउने र कोभिड-१९ को खोप पनि अब छिट्टै सबै माझ पुर्याउनका लाही पहल गर्ने छ । यसै कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले एन.वाई.सी. पब्लिक ऐडभोकेढ जुमाने विलीयम्सले प्रदान गर्नु भएको लारा ग्रेगोरीको प्रशंसा पत्र हस्तान्तरण गर्नु भयो ।

“सेवा नै धर्म हो” र गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले मोनार्क क्लिनिककी डाक्टर अलिसीया अलमेन्ड्रल र वहाको चिकित्सा टोलीले आज मानवीय सेवा गरेकोमा प्रसन्नता व्यक्त गर्दै धन्यवाद एवं आभार प्रकट गर्दछ ।

 

प्रतिक्रिया