अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, मध्यरातमा जबर्जस्ती जलाइयो शव

बिआरटीनेपाल २०७७ माघ २६ गते ७:०४ मा प्रकाशित

भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । सामूहिक बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या भएको हो । हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् ।

प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले यो घटना स्थानीय प्रहरी चौकीका प्रमुखको मद्दतमा भएको खुलेको छ। एसपी नविनचन्द्र झाले बिबिसी हिन्दीसँग भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ त्यसबाट स्पष्ट हुन्छ कि प्रहरी अधिकारी संजिव कुमार रन्जनको लापर्वाही र कर्तव्यहीनता यो घटनामा छ । उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका लागि उनीविरुद्ध एफआईआर दर्ता हुनेछ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू