अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

राजेश हमालको मनै रुवाउने भिडियो ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक

बिआरटीनेपाल २०७७ माघ २३ गते १०:३८ मा प्रकाशित

कोलोराडो । अमेरिकाको कोलोराडो निवासी गायक, गीतकार तथा सङ्गीतकार वसन्त लम्सालले आत्महत्यालाई थिम बनाएर प्रस्तुत गरिएको म्युजिक भिडियो ‘ज्यानै फाल्नु पहिले’ युट्युब मार्फत सार्वजनिक गरेका छन् ।

मर्नु सरल छ जिउनु कठिन, यो दुनियाँ कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरू नै जिउँदा हुन्छन् लड्छन् र जिउँछन् भन्ने सन्देश दिन खोजिएको यस गीतमा स्वर गायक तथा सङ्गीतकार हरि लम्सालको रहेको छ भने किरण कँडेलको सङ्गीत संयोजन रहेको छ।

मार्मिक म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा विश्वकर्माको साथमा बाल कलाकार श्रीवानी थापा फिचर्ड छन् । बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

यस अघि गीतकार तथा सङ्गीतकार वसन्त लम्सालले ‘यसलाई पर्दा उसले हेर्थ्यो’, ‘तिमी मेरो एउटा’ लगायत थुप्रै गीतहरू सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया