अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

निधारका यी रेखाले बताउँछन् मानिसको भूत र भविष्य

बिआरटीनेपाल २०७७ माघ २१ गते ७:५० मा प्रकाशित

ज्योतिषशात्रमा विश्वास गर्ने मानिस हातको रेखाबाट जीवनको धेरै कुराहरु अनुमान लगाउने गर्छन् । तर हातका रेखाबाट मात्र नभएर मानिसको निधारका रेखाबाट पनि उसको विगत र भविष्यबारे धेरै कुरा थाहा पाउन सकिन्छ । हातका रेखाले झैँ निधारका रेखाले पनि मासिनको भूत, वर्तमान र भविष्य देखाउने ज्योतिषशात्रले बताउँछ । यसको लागि व्यक्तिको मस्तिष्कको स्थिति, आकार, प्रकार, रङ्ग र रेखाको बारेमा राम्रोसँग अध्ययन गर्न जरुरी छ ।

यस्ता छन् निधारका रेखा र त्यसका संकेत :

–शनि रेखा

शनि रेखा निधारको सबैभन्दा माथि हुन्छ । यो रेखा धेरै लामो हुँदैन र निधारको बीच भागमै देखिन्छ । समुद्र लक्षण विज्ञानका अनुसार यो रेखाको वरपरको भाग पनि शनि ग्रहबाट प्रभावित हुन्छ । जुन व्यक्तिको निधारमा यो रेखा स्पष्ट देखिन्छ त्यो व्यक्ति निकै गम्भीर स्वभावको हुन्छ । यदि निधारको उठेको भागमा शनि रेखा छ भने यस्ता व्यक्ति रहस्यमयी, गम्भीर र अहंकारी स्वभावका हुन्छन् । यस्ता व्यक्तिले आफ्नो कुरा अरुले मान्नै पर्ने ठान्छन् । यस्ता मानिस जादूगर वा तांत्रिक पनि हुन सक्छन् ।

–गुरु रेखा

निधारमा शनि रेखाभन्दा थोरै तल गुरु रेखा हुन्छ । यो रेखा शनि रेखा भन्दा थोरै लामो हुन्छ । यो रेखा पढाइ, आध्यात्म र इतिहासको बारेमा जानकारी दिने रेखा मानिन्छ । जुन व्यक्तिको निधारमा गुरु रेखा स्पष्ट र लामो देखिन्छ उ आत्मविश्वासी र आफ्नो कुरामा दृढ रहन्छ । यस्ता व्यक्तिलाई आँखा चिम्लिएर विश्वास गर्न सकिँदैन । यस्तो रेखा हुने मानिस शिक्षाको क्षेत्रमा नाम कमाउन सक्छन् ।

–मंगल रेखा

निधारको बीच भागमा गुरु रेखाभन्दा तल मंगल रेखा हुन्छ । निधारमा शुभ गुणका साथमा यो रेखा स्पष्ट देखिने मानिस स्वाभिमानी, साहसी, धार्मिक प्रवृत्ति र सृजनशील हुन्छन् । यस्ता मानिस सेना, प्रहरी र प्रशासनमा उच्च अधिकारी बन्न सक्छन् । तर यो रेखा छोरो र अशुभ गुणवाला मंगल रेखाको छेउको भागमा भएमा यस्ता व्यक्ति
अपराधिक प्रवृत्तिका हुन्छन् । यस्ता मानिसलाई धेरै छिटो रिस उठ्ने हुन्छ ।

–बुध रेखा

यो रेखा निधारको बीच भागमा हुन्छ । बुध रेखा लामो र विशेष अवस्थामा व्यक्तिको दुवै कानको छेउसम्म पुग्ने हुन्छ । बुध रेखा स्मरण शक्ति, ज्ञान र इमान्दारीको संकेत हुन्छ । यो रेख शुभ हुने मानिस कलात्मक प्रकृत्तिका हुन्छन् ।

–शुक्र रेखा

बुध रेखाको ठिक तल मध्य भागमा शुक्र रेखा हुन्छ । शुक्र रेखा छोरो हुन्छ । यो राम्रो स्वास्थ्य, भ्रमण रुचाउने र आकर्षक हुन्छन् । विकसित निधारमा शुक्र रेखा स्पष्ट देखिन्छ भने त्यो व्यक्ति आशा, उत्साह र स्फूर्तिले भरिएको हुन्छ । यस्ता व्यक्ति देश–विदेश घुम्न निकै शौखिन हुन्छन् ।

–सूर्य रेखा

यो रेखा मानिसको दायाँ आँखाको आँखी भौँ माथि हुन्छ । यो रेखा धेरै लामो हुँदैन । यो आँखासम्म मात्र सिमित हुन्छ । सूर्य रेखा प्रतिभा, सफलता र सुख समृद्धिका प्रतीक हुन्छन् । राम्रो सूर्य रेखा हुने मानिस राम्रो नेता हुन सक्छन् । यीनीहरुमा अर्को मानिसलाई प्रभावित पार्न सक्ने क्षमता हुन्छ ।

चन्द्र रेखा

बायाँ आँखाको आँखी भौँ माथि चन्द्र रेखा हुन्छ । यदि चन्द्र रेखा सरल, सिधा र स्पष्ट छ भने त्यो व्यक्ति कलाप्रेमी, कुशल बुद्धि र कल्पनाशील हुन्छ । यस्तो रेखा हुने मानिस चित्रकला, संगित र गायनमा नाम कमाउन सक्छन् । यीनीहरु आध्यात्मिक पनि हुन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू