अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

न्युयोर्कमा निःशुल्क खाधन्न वितरण

बिआरटीनेपाल २०७७ माघ २० गते १४:३४ मा प्रकाशित

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले शनिवार, जनवरी ३०, २०२१ का दिन निःशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निःशुल्क खाधन्न वितरण कार्यक्रम न्यु योर्क सहरको क्वीन्स बोरो स्थित क्वीन्स टुगेदर संस्थाका सह-संस्थापक जनाथन फरगास सँग यसै फाउन्डेसन ले सहकार्य गरी ३३ औँ पटकको निःशुल्क खाधन्न वितरण दिउँसो २ बजे सम्पन्न गरेको थियो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले क्वीन्स टुगेदर सँग सहकार्य गरी विभिन्न समुदायका २१५ जनालाई निःशुल्क खाधन्न (बासमती चामल, कालो दाल, रातो दाल, गहतको दाल, पियाज, आलु र गाजॅंर) वितरण गरेको यसै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराउनु भयो।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले न्युयोर्कको क्वीन्समा रहेका समाजसेवीहरू क्रमशः वीरेन्द्र मानन्धर, साड.टेम्बा शेर्पा, फुर्पा लामा शेर्पा, रेन्जेन शेर्पा, सन्जु शेर्पा, लाक्पा डोमा शेर्पा, सेरगेल्बु शेर्पा, कर्मा शेर्पा र पासाङ. शेर्पा मार्फत खाधन्न वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः यसै फाउन्डेसन का उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरीङ्ग राप्के लामा, कार्यसमिति सदस्यहरू क्रमशः रामचन्द्र अधिकारी, रेखा श्रेष्ठ, राजेश आचार्य, प्रेम पौडेल, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुवॅंर क्षेत्री खटिनु भएको थियो भने ऐबिसी न्युजकी पत्रकार मेडालिन रेनवारगरको पनि उपस्थिति रहेको थियो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले क्वीन्स टुगेदर संस्थाका सह-संस्थापक जनाथन फरगास लाई धन्यवाद एवं आभार प्रकट गर्दछ।

प्रतिक्रिया