अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

भर्च्युयल पुस्तक विमोचन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७७ माघ २० गते १२:५७ मा प्रकाशित

जनवरी ३१, २०२१ का दिन Naso Community USA ले भर्च्युयल कार्यक्रम मार्फत पुस्तक विमोचनको कार्यक्रम सम्पन्न गरेको छ । २०७७ साल ज्येष्ठ १० गतेका दिन पश्चिम रुकुममा घटना भएको जातीय नरसंहार घटनामा आधारित रहेर पुस्तक तयार गरिएको हो । उक्त पुस्तक रुकुम जातीय नरसंहार संरचनात्मक असंवेदनशीलता, प्रतिनिधिमूलक लेखहरूको संग्रह नामक पुस्तकको समन्वय र सम्पादन श्री डी.बि.नेपाली पूर्व सभासद् एवं अर्जुन बगाले मानव अधिकारकर्मीले गर्नु भएको हो भने उक्त पुस्तक लाई Naso community USA प्रकाशक एवं साहसी वालक कमल नेपाली अध्ययन प्रतिष्ठान सह प्रकाशक भई प्रकाशनमा ल्याएको हो । उक्त पुस्तकले समाजमा व्याप्त जातीय विभेद, सामाजिक परम्परा, मानव अधिकारको संरक्षणमा समाज को भूमिका, राजनीतिक दलको भूमिका, राज्यको दायित्व र मानवले मानव भएर बाच्नुपर्ने र आगामी दिनमा कसरी समाजमा सद्भाव कायम गरेर सबै नागरिक सम्मान पूर्वक बाच्न सकिन्छ भन्ने जस्ता कुराहरूलाई समेटेर तयार पारिएको पुस्तक हो ।

उक्त पुस्तक कार्यक्रममा प्रमुख अतिथि रासटिय मानव अधिकार आयोगका सचिव श्री वेद भट्टराई, श्री प्रेम राजा महत नेपाल सरकार अवैतनिक महावाणिज्य दूत, नासोका संस्थापक अध्यक्ष एवं ईन्टरनेशनल एलाइएन्स फर सोसल जस्टीसका संयोजक श्री धर्म विश्वकर्मा एवं नासोका निवर्तमान अध्यक्ष श्री गोपाल विश्वकर्माले संयुक्त रूपमा विमोचन गर्नु भएको थियो ।

उक्त कार्यक्रम Naso community USA का अध्यक्ष राजेन्द्र सेन्चुरीले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सचिव श्री वेद भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा अतिथिका रूपमा श्री प्रेम राजा महत नेपाल सरकार अवैतनिक महावाणिज्य दूत नासोका संस्थापक अध्यक्ष एवं ईन्टरनेशनल एलाइएन्स फर सोसल जस्टीसका संयोजक श्री धरम विश्वकर्मा, नासोका निवर्तमान अध्यक्ष श्री गोपाल विश्वकर्मा, नेपालबाट वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठी लगायत थुप्रै मानव अधिकार कर्मीको उपस्थिति माझ कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रम संस्थाका महासचिव श्री राजन सुनारले सञ्चालन गर्नुभएको थियो । उक्त पुस्तकले मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिाकरकर्मीहरुलाई एव सामाजिक आन्दोलनका अभियन्ताहरूलाई एकदम नै उपयोगी हुने बताइँदै लेखकद्धयहरुलाई बधाई एव शुभकामना दिनुका साथै आगामी दिनमा पनि यस्ता पुस्तक प्रकाशन गर्नका लागी शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू