अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

नायिका सुष्मा कार्कीद्धारा युट्युवरविरुद्ध कुटपीटको मुद्दा

बिआरटीनेपाल २०७७ माघ २० गते ७:३९ मा प्रकाशित

नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै नायिका कार्कीले काठमाडौं महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा मंगलवार उजुरी दिएकी हुन् ।

सोमवार राति दरबारमार्गको लन्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको नायिका कार्कीको भनाइ उधृत गर्दै प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफूमाथि कुटपिट र गालीगलौज गरेको कार्कीले उजुरीमा उल्लेख गर्नुभएको छ ।

तर युट्युवर उत्सव रसाइलीले भने सोमबार राति नायिका कार्कीले नै आफूमाथि दुर्व्यवहार गरेको दाबी गर्नुभएको छ । कार्कीले पबमा रहेका अन्य कलाकारहरूलाई समेत तथानाम गाली गरेको रसाइलीले बताउनुभयो । आफूलाई त जातीय हिसाबले समेत गाली गरेको उहाँले बताउनुभयो । कार्कीले एकोहोरो दुर्व्यवहार गरेपछि आरती खड्काले एक झापड हानेको रसाइलीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू