अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

अनेसास उत्तर अमेरिकी च्याप्टरहरूको तेस्रो सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७७ माघ १६ गते ८:०२ मा प्रकाशित

न्यु योर्क । अनेसास उत्तर अमेरिकी च्याप्टर अध्यक्षहरू तथा च्याप्टर प्रतिनिधिहरू सँगको तेस्रो सम्मेलन २४ जनवरीका दिन जुम प्लेटफार्म माध्यमबाट सम्पन्न भएको छ । उक्त भेलाको पहिलो भागमा सम्पूर्ण च्याप्टर अध्यक्षहरू पदेन समिति सदस्य रहने गरी १८ सदस्यीय अनेसास उत्तर अमेरिकी क्षेत्रीय समन्वय समिति गठनको घोषणा गरिएको थियो । अनेसास केन्द्रीय उपाध्यक्ष (अमेरिका क्षेत्र) राजेन्द्र श्रेष्ठ संयोजक रहेको उक्त समिति केन्द्र तथा उत्तर अमेरिकी क्षेत्रका च्याप्टरहरू बिच समन्वय र सम्बन्धमा सहजीकरणको लागि बनेको जनाइएको छ । समितिमा सिकागो च्याप्टर अध्यक्ष, ईश्वर बगाले समितिका सदस्य सचिव रहेका छन् । उत्तर अमेरिकी च्याप्टरहरूसँगको यो तेस्रो हो ।

कार्यक्रमको दोस्रो भागमा सम्पूर्ण च्याप्टर अध्यक्षहरू तथा अरू प्रतिनिधिहरू र केन्द्र तथा बिओटीका सहभागी पदाधिकारीहरूबाट रचना वाचन भएको थियो ।

उत्तर अमेरिका क्षेत्रका कुल २१ च्याप्टरहरू मध्येबाट देहाय बमोजिमका १६ वटा पूर्ण र सक्रिय च्याप्टरहरूका अध्यक्ष एवं प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो ।

न्यु योर्क च्याप्टर अध्यक्ष – शकुन ज्ञवाली; मिजौरी च्याप्टर अध्यक्ष-उर्मिला निर्दोषी; फ्लोरिडा- च्याप्टर अध्यक्ष दीप कार्की; सिकागो च्याप्टर अध्यक्ष ईश्वर बगाले, नर्दर्न क्यालिफोर्निया च्याप्टर उपाध्यक्ष गीता बजागाईं, बोष्टन -च्याप्टर अध्यक्ष दीपा राई पुन; न्यूह्यामशायर च्याप्टर अध्यक्ष- हरिमाया अधिकारी, कोलोराडो – च्याप्टर अध्यक्ष तथा केन्द्रीय सदस्य तारा अधिकारी; जर्जिया – च्याप्टर अध्यक्ष – किरण मानिके; नर्थ-क्यारोलिना च्याप्टर अध्यक्ष – नम्रता गुरागाईं; डालस च्याप्टर उपाध्यक्ष – निर्मला राई; क्यान्सस् च्याप्टर अध्यक्ष – कमला न्यौपाने, अस्टिन च्याप्टर नवनिर्वाचित अध्यक्ष धर्मानन्द गौतम, तथा निवर्तमान अध्यक्ष नारायण पुरी, ओहायो च्याप्टर अध्यक्ष रोहितचन्द्र भण्डारी, लस एन्जलस च्याप्टर अध्यक्ष – तिलक कार्की, डिसी मेट्रो च्याप्टर सचिव नीलकण्ठ सुवेदी, अस्टिन च्याप्टरका नवनिर्वाचित पदाधिकारीहरू राजेश्वर न्यौपाने तथा बबी लिम्बु लगायतको समुपस्थित रहेको थियो ।

यसै गरी अनेसास केन्द्रीय कार्य समितिका अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, महासचिव सर्वज्ञ वाग्ले, कार्यसमितिका सदस्यहरूमा निजानन्द मल्ल, तारा अधिकारी र डा रेणुका सोलु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बिओटी अध्यक्ष गीता खत्री तथा उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी एवं अनेसास पूर्व अध्यक्ष साहित्यकार मोहन सिटौलाको पनि गरिमामय उपस्थिति रहेको थियो । यस कार्यक्रमको आयोजना तथा सञ्चालन केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए ।

केन्द्रीय अध्यक्ष, बिओटी अध्यक्ष तथा उपाध्यक्षद्वयद्वारा शुभकामना तथा कविता वाचनसहित अघि बढाइएको उक्त कार्यक्रममा सम्पूर्ण सहभागीहरूबाट रचना वाचन सकिएपछि कार्यक्रमको अन्त्यमा अस्टिन च्याप्टरको नयाँ कार्य समितिलाई स्वागत एवं परिचयको कार्यक्रम थियो र रचना वाचन पनि गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू