अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

कोरोना भाइरसका कारण पुरुषको शुक्राणुमा असर पर्ने तथ्य सार्वजनिक

बिआरटीनेपाल २०७७ माघ १६ गते ७:३० मा प्रकाशित

कोरोना भाइरसका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने एक अध्ययनले देखाएको छ । रिप्रडक्शन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार कोभिड–१९ बाट गम्भीर विरामी परेका पुरुषको वीर्यको गुणस्तरमा असर पुग्ने देखिएको हो ।

व्यक्तिको शुक्राणुको गुणस्तरमा असर परेसँगै यसले उसको प्रजनन् क्षमतामा पनि प्रभावित पार्नसक्ने बताइएको छ । अध्ययनमा भनिएको छ, ‘यो रिपोर्ट पहिलो प्रत्यक्ष प्रमाण दिन्छ कि कोभिड–१९ संक्रमणले वीर्यको गुणस्तर र पुरुष प्रजनन् क्षमतालाई प्रभावित पार्दछ ।’

कोभिड–१९ संक्रमित पुरुष र स्वस्थ पुरुषको वीर्य जाँच गर्दा स्वस्थ पुरुषको तुलनामा संक्रमित पुरुषको शुक्रकिट केही जलेको, फुलेको जस्तो असामान्य रुपमा फेला परेको हो । फ्लू जस्तो कुनै पनि भाइरसबाट विरामी पर्नेको केही हप्ता या महिनासम्म शुक्रकिटको संख्या (कहिलेकाहिँ शून्यसम्म पनि) अस्थायी रुपमा कम हुनसक्ने बताइएको छ ।

अध्ययन ठूलोस्तरमा गरिएको नभए पनि कोभिड–१९ संक्रमित नभएका १०५ प्रजननयोग्य पुरुष र ८४ जना कोभिड–१९ संक्रमणयुक्त पुरुषका बीचमा तुलनात्मक रुपमा हेरिएको जनाइएको छ । दश दिनको अन्तररालमा ६० दिनसम्म उनीहरुको वीर्यको विश्लेषण गरिएको थियो ।

त्यसबीचमा कोभिड–१९ बाट संक्रमित व्यक्तिको शुक्रकिट स्वस्थ व्यक्तिको तुलनामा केही जलेको जस्तो, सुन्निएको जस्तो पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । शुक्राणु की एकाग्रता, गतिशीलता र आकार पनि भाइरसबाट नकारात्मक रुपमा प्रभावित बनेको पाइएको उक्त अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै सिएनएनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू