अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

मनमोहन अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

बिआरटीनेपाल २०७७ माघ १५ गते ८:०६ मा प्रकाशित

सम्झौता गरे अनुसार बाँकी पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् ।अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको बाँकी रहेको सम्पूर्ण पारिश्रमिक तीन महिना भित्रै भुक्तानी गर्ने सहमति गरे पनि तीन महिना बितिसक्दा पनि उपलब्ध नगराएपछि उनीहरू आन्दोलित भएका हुन् । उनीहरूले बिहीबार अस्पतालमै धर्ना बसेका छन् ।

व्यवस्थापनले आफूहरूको कामको अवमुल्यन गरेको, सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको मनमोहन मेमोरीयल अस्पताल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका सचिव निर्मल पोखरेलले बताउनुभयो । स्वास्थ्यकर्मी वर्षा शाहले पनि सम्झौता उल्लंघन गरेको प्रति आक्रोश व्यक्त गनुभएको छ ।

जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरूको भनाइ छ । श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने उनीहरूको माग छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू