अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

संघीय जनगणतन्त्र स्थापनाका लागि क्रान्तिकारी माओवादीको कार्टुन प्रदर्शन

बिआरटीनेपाल २०७७ माघ १५ गते ८:०५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले शान्तिबाटिका रत्नपार्कमा बिहीबार दिउँसो कार्टुन प्रदर्शन गरेको छ । क्रान्तिकारी माओवादीको बागमती प्रदेश कमिटीले संघीय लोकतान्त्रिक गणतन्त्र खारेज र संघीय जनगणतन्त्र स्थापनाको माग गर्दै आज कार्टुन पदर्शन गरेको हो ।

पार्टीका महासचिव मोहन वैद्यको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको छ । पार्टीले एक अपिल सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान उल्लेख नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेर प्रतिगामी बाटो रोजेको बताएको छ । प्रधानमन्त्री, संसदीय व्यवस्था र पार्टीहरु, संविधान पूर्णरुपमा असफल भएको भन्दै यसबाट उत्साहित पश्चगामी शक्तिहरु देशमा राजतन्त्र पुनस्र्थापना गर्ने सपना देखिरहेको मओवादीको भनाइ छ ।

अपिलमा भनिएको छ, ‘आजको एक मात्र विकल्प सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको सत्ता र व्यवस्था संघीय जनगणतन्त्रले मात्रै देशको राष्ट्रियता, जनतन्त्र र जनजीविका समाधान गर्न सक्ने छ । यसका लागि संसद पुनस्र्थापना गरी चुनाव होइन, संसदीय व्यवस्था वा संघीय लोकतान्त्रिक गणतन्त्रलाई खारेज गरी संघीय जनगणतन्त्रलाई स्थापित गर्नुपर्छ ।’ क्रान्तिकारी माओवादीले संघीय जनगणतन्त्र स्थापनाका लागि संघर्षमा उत्रन आम जनसमुदायमा अपिल समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू