अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

ओलीलाई इतिहासले हुत्याउँछ, यो क्रम शुरु भइसक्यो–अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७७ माघ १५ गते ८:०४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवित्तिलाई इतिहासले हुत्याउने बताउनुभएको छ । बुटवलमा बिहीबार नेकपाले आयोजना गरेको प्रतिनिधि सभा विघटनका विरुद्धको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली प्रवित्तिलाई इतिहासले हुत्याउने क्रम शुरु भइसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘ओलीमा म नै सबैभन्दा ठूलो शक्तिशालि हुँ, मनै पार्टी हुँ भन्ने भ्रम छ । उहाँको जस्तो निरंकुश प्रवित्ति भएका मानिस सम्मानका लायक हुँदैनन् । उहाँलाई इतिहासले हुत्याएर फालिदिन्छ । उहाँलाई इतिहासले हुत्याउने क्रम शुरु भइसक्यो ।’

अध्यक्ष दाहालले ओलीले नकारात्मक कुरा मात्र गर्न जानेको र आफ्नो प्रशंसा मात्र मन पराउने बानि भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले अघि बढ्ने कुरामा सँधै विरोध गर्ने गरेको आरोप लगाउनुभयो ।

उहाँले ओलीले महाधिवेशनमा जालझेल गरेर मात्र जितेको आरोप लगाउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, ‘ओलीले महाधिवेशनमा पनि १५, २० भोटले मात्र जितेका हुन् । त्यो पनि जालझेल गरेर जितेका हुन् । त्यसलाई म जितेको भन्दिन । उहाँलाई अध्यक्ष र प्रधानमन्त्री दुवैमा प्रस्ताव गर्ने म नै हुँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू