अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

प्रतिनिधिसभा विघटन बिरुद्ध पूर्व जनमुक्तिसेना आन्दोलित

बिआरटीनेपाल २०७७ माघ १५ गते ८:०३ मा प्रकाशित

प्रतिनिधिसभा विघटन बिरुद्ध पूर्व जनमुक्तिसेना आन्दोलनमा उत्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनालाई आफ्नो पक्षमा तान्न कसरत गरिरहेकै बेला उनीहरु संसद विघटनविरुद्ध सडक संघर्षमा उत्रिएका हुन् ।

पूर्व जनमुक्ति सेना नेपालका अध्यक्ष सुवास गौतम (सौरव) सहितले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई असंवैधानिक कदम भन्दै विहीवार माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री ओली आन्दोलनका उपलब्धि उल्ट्याउने खेलमा लागेको धर्नामा सहभागी पूर्व जनमुक्ति सेनाले दावी गरेको छ । उनीहरुले सरकारको पछिल्लो कदलमले जनयुद्द र २०६२–६३ को जनान्दोलनबाट प्राप्त उपलब्धिसमेत गुम्ने खतरा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई राजतन्त्र फर्काउने षड्यन्त्र भन्दै पूर्व जनमुक्ति सेनाले प्रतिगमनविरुद्ध संघर्षका थप कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् । जसअनुसार माघ १५ देखि १७ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने, माघ १८ गते प्रत्येक जिल्ला सदरमुकामहरुमा मसाल जुलुस,माघ २२ गते एकीकृत मसाल जुलुस , माघ २४ देखि २७ गतेसम्म आन्तरिक भेला तथा प्रशिक्षण र माघ २८ गते नेकपा (बहुमत)ले आयोजना गरेको प्रदर्शनमा सहभागिता जनाउने रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू