अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

डब्लूएचओको टोलीद्वारा कोरोनाको उत्पत्तिको अध्ययन शुरु

बिआरटीनेपाल २०७७ माघ १५ गते ८:०१ मा प्रकाशित

चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोलीले क्वारेन्टाइन अवधि पूरा गरेको छ । क्वारेन्टाइन अवधि पूरा गरेसँगै डब्ल्यूएचओको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच गर्न सुरु गर्नेछ । डब्ल्यूएचओको वैज्ञानिकको टोलीले कोरोनाको प्रारम्भिक प्रकोपसँग जोडिएका अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ ।

अनुसन्धानका क्रममा टोलीले चिनियाँ अधिकारीहरुले दिएको प्रमाणलाई आधार मान्नेछ । १४ सदस्यीय डब्ल्यूएचओको टोली गएको जनवरी १४ मा वुहान पुगेको थियो । यो टोली दुई हप्ता क्वारेन्टाइनमा बसेको हो । क्वारेन्टाइनमा रहँदा टोलीले चिनियाँ वैज्ञानिकहरुसँग भर्चुअल रुपमा कुराकानी गरेको थियो ।

बिहीवार यो टोली होटलबाट निस्किएर अनुसन्धान गर्ने ठाउँतर्फ लागेको बताइएको छ । सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू