अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

आन्दोलनबाटै प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ – भट्टराई

बिआरटीनेपाल २०७७ माघ १५ गते ७:५९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले आन्दोलनबाटै प्रतिनिधि सभा पुनर्स्थापना हुने बताउनुभएको छ । इलाममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे भट्टराईले आन्दोलनको बलबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने बताउनुभएको हो ।

‘संविधान बचाउनकै लागि हामी सबै एकपटक कडा आन्दोलनमा उत्रिनु परेको छ’, भट्टराईले भन्नुभयो, फागुन १५ सम्ममा प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ ।’कडा आन्दोलनमा उत्रिन कार्यकर्तालाई आग्रह गर्दैै भट्टराईले भन्नुभयो, ‘संविधानमा हुँदै नभएको कानुन प्रयोग गरेर स्वेच्छाचारी कदम चालेर ओलीले क्रान्तिबाट निर्माण भएको संसद विघटन गर्नुभएको छ, जनताको बहुदलीय जनवादको मुद्दालाई कुल्चिनुभएको छ ।’

सरकार सञ्चालन गर्न पार्टीले असहयोग गरेका कारण संसद विघटन गरेको भन्ने प्रधानमन्त्रीको भनाइ गलत भएको भन्दै भट्टराईले संसदमा पेश गरेका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मत समेत नराखी पारित भईरहेकोमा पार्टीले असहयोग गर्यो भन्नु पूर्णतः गलत भएको बताउनुभयो । देश र पार्टीलाई संकटमा धकेल्ने उहाँको प्रयासलाई आन्दोलनबाट परास्त गर्दै पार्टी र कम्युनिष्ट आन्दोलन बचाउन सकिने उहाँको भनाइ थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू