अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

नेपालमा भ्रष्टाचार बढ्दै गयो– ट्रान्सपरेन्सी इन्टरनेसन

बिआरटीनेपाल २०७७ माघ १५ गते ७:५२ मा प्रकाशित

नेपालमा भ्रष्टाचार बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२० मा भष्ट्रचारको अवस्थाबारे अध्ययन गरी तयार पारेको प्रतिवेदनअनुसार नेपाल सबैभन्दा बढी भष्ट्रचार हुने देशको सूचीमा ६३ औँ स्थानमा रहेको छ । नेपाल गत वर्ष ६७ औँ स्थानमा रहेको थियो । नेपाललाई एक सय पूर्णाङ्कमा केवल ३३ अंक दिइएको छ ।

सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा सोमालिया र दक्षिण सुडान रहेका छन् । उनीहरुले सय पुर्णाङ्कमा १२ अंक पाएका छन् । भष्ट्रचार हुने देशहरुको सूचीमा नेपाल एक सय १७ औँ स्थानमा छ । गत वर्ष नेपाल एक सय १३ औँ स्थानमा रहेको थियो । सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा

उनीहरुले इकोनोमिक फोरम, ग्लाडेनमार्क र न्यूजिल्यान्ड संयुक्त रुपमा शीर्षस्थानमा छन् । सय पूर्णाङ्कमा समान ८८ अंक पाएका छन् । प्रतिवेदनअनुसार अध्ययन गरिएका एक सय ८० मुलुकमध्ये दुई तिहाईभन्दा बढी देशले सय पूर्णाङ्कमा ५० भन्दा कम अंक पाएका छन् । विश्व बैंक, वल्र्डेबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्स र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेका सर्वेक्षणका आधारमा प्रतिवेदन तयार भएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । नेपालमा भ्रष्टाचार थप मौलाउनुमा राज्यका प्रमुख अङ्गहरुमा निजि स्वार्थहरु हावी हुनु कारण औँल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू