अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

“श्री ३ हुन लागेका केपी ओलीलाई धरासायी बनाउँछौं – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ माघ १५ गते ७:४८ मा प्रकाशित

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धरासायी बनाउने बताउनु भएको छ । प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरोधमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विरोधसभालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

श्री ३ महाराजधिराज हुन चाहेका केपी ओलीलाई देशभरका जनताको बलले धराशायी बनाउने उहाँले बताउनुभयो । प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमका विरुद्ध संघर्ष गरिरहेको भन्दै केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह समेत गर्नुभयो ।

अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान जारी भएपछि देशमा राजनीतिक स्थायित्व र विकास निर्माण तथा सम्वृद्धितर्फ जान्छ भनेर पार्टी एकता घोषणा गरिएपनि त्यसबेलाको सहमति केपी ओलीले नमान्दा समस्या भएको बताउनुभयो । कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले संविधानविपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतर्फ जाने प्रयास गरेको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू