अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

आईपीएल अक्सन फागुन ६ गते हुने

बिआरटीनेपाल २०७७ माघ १४ गते ७:२१ मा प्रकाशित

सन २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन (बोलकबोल) फेब्रुअरी १८ मा (फागुन ६ गते) हुने भएको छ ।आईपीएलले १४ औं संस्करणको लागि अक्सन फेब्रुअरी १८ मा चेन्नईमा गरिने भारतीय क्रिकेट कन्ट्रोद बोर्ड (बीसीसीआई)ले जनाएको छ ।

आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेका छन् । जसअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट रिलिज भइसकेका छन् । अक्सनबाट सन्दीपलाई आइपीएलमा आवद्ध जुनसुकै क्लबले पनि भित्र्याउन पाउने छन् ।

 

प्रतिक्रिया