अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

अमेरिकाले भन्यो, ‘भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नु’

बिआरटीनेपाल २०७७ माघ १४ गते ७:१७ मा प्रकाशित

अमेरिकाले भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ । बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो । अमेरिकाले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ ।

अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा समेत नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको ठहर छ । भारत–पाकिस्तानको सीमा क्षेत्रमा गोलीबारी भएको खबरहरु सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू