अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

बेलायती अदालतद्वारा शारीरिक सम्बन्ध राख्नु १ दिन अघि प्रहरीलाई खबर गर्न आदेश

बिआरटीनेपाल २०७७ माघ १४ गते ७:१६ मा प्रकाशित

बेलायतको एक अदालतले ३९ वर्षीय युवक डीन डायरमाथि शारीरिक सम्बन्ध राख्नुभन्दा २४ घण्टाअघि प्रहरी र सम्बन्ध राख्ने महिलालाई जानकारी दिन आदेश दिएको छ । साथै अदालतले अत्यावश्यक कामबाहेक डायरलाई महिलासँग बोल्न पनि प्रतिबन्ध लगाएको छ ।

डायरमाथि १४ वर्षीया बालिकासँग शारीरिक सम्बन्ध राख्ने कोसिस गरेको सहित अन्य सातवटा यौन अपराधको आरोप लागेकाले अदालतले यस्तो आदेश दिएको हो । एक पार्टीमा महिलालाई गलत तरिकाले छोएको र प्रतिकार गर्दा बलात्कार गर्ने धम्की दिएको आरोप पनि उनीमाथि लागेको छ । विभिन्न यौन अपराधका आरोप लागे पनि अहिलेसम्म कुनै पनि आरोप पुष्टि भएको छैन ।

डेलिमेलको रिपोर्टअनुसार अदालतले युवकका विरुद्ध परेका विभिन्न आरोपहरू हेरेपछि उनलाई ‘सेक्सुअल रिस्ट्रेन्ट अर्डर’ थमाइदिएको छ । बेलायतमा ‘सेक्सुअल रिस्ट्रेन्ट अर्डर’ एक फौजदारी आदेश हो । दोषी सावित नभएको तर उक्त व्यक्तिबाट समाजलाई खतरा हुने सम्भावना रहेको अवस्थामा बेलायतमा यस्तो आदेशको प्रयोग गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू