अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

केटू हिमाल आरोहण गर्ने आरोही र नेपाललाई राहुल गान्धीको बधाई, शिखरमा राष्ट्रगान गाएकामा प्रशंसा

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:५१ मा प्रकाशित

भारतीय राष्ट्रय कांग्रेसका नेता राहुल गान्धीले विश्वकै दोस्रो अग्लो शिखर आरोहण गर्ने नेपाली आरोहीहरुलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कंग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धीले हिमाल आरोहण गर्न सफल टीमका साथै नेपाललाई पनि बधाई दिनुभएको हो ।

केटू हिमालको चुचुरोमा पुग्दा नेपालको राष्ट्रिय गान गाएको आरोहीहरुको भिडियोसमेत शेयर गर्दै गान्धीले उक्त शैलीको प्रशंसासमेत गर्नुभएको छ । ‘आरोहणको सफलता र गज्जबको प्रवृत्तिका लागि बधाई’ लेख्दै गान्धीले उक्त भिडियो शेयर गर्नुभएको हो ।

पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटूको सफल आरोहण गरेका कीर्तिमानी आरोहीहरु मंगलबार मात्र काठमाडौं ओर्लिएका छन् । कीर्तिमानी आरोही निर्मल पूर्जासहितको दश सदस्यीय नेपाली टोलीले माघ ३ गते (जनवरी १६) का दिन माउन्ट केटूको हिउँद याममा सफल आरोहण गरेर कीर्तिमान राखेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू