अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

संसदमा विश्वासको मत जितेपनि इटालीका प्रधानमन्त्री कोन्टेद्धारा पदबाट राजिनामा

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:५० मा प्रकाशित

इटालीका प्रधानमन्त्री जिउसेप्पी कोन्टेले पदबाट राजिनामा दिनुभएको छ । कोन्टेले दुईपटक विश्वासको मत जित्नुपर्ने चुनौती पाउनुभएको थियो । दुवैमा कोन्टे सफल भएपनि पछिल्लो समय सत्तामा बहुमत गुमाउनुभएको थियो ।

निवर्तमान प्रधानमन्त्री माटेओ रेन्जीको पार्टी सत्ताबाट बाहिरिएपछि कोन्टे नेतृत्वको गठनबन्धन अप्ठेरोमा परेको थियो। कोरोना महामारी व्यवस्थापनमा कोन्टे नेतृत्व सफल हुन नसकेको भन्दै सरकारको आलोचना भइरहेको थियो। कोन्टेले राष्ट्रपति सर्जियो माट्टारेल्लालाई राजिनामा बुझाएपनि स्विकृत भने भइनसकेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू