अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

प्रहरीसँगको झडपमा भारत एक किसानको मृत्यु, दिल्लीमा इन्टरनेट बन्द

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:४९ मा प्रकाशित

नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच झडप भएको छ । मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा एक किसानको मृत्यु भएको छ ।

मृतक उत्तराखण्डको बाजपुरका नवनीत सिंह रहेका छन् । प्रहरीसँगको झडपको क्रममा उनको मृत्यु भएको हो । यस्तै अन्य चारजना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको टाउकोबाट रगत बगिरहेको छ । आन्दोलनका क्रममा किसानले सडकमा राखिएको डिभाइडर तोड्ने कोसिस गरिरहेका छन् ।

प्रहरीले निरन्तर अश्रुग्यासको गोली हानिरहेको छ । टाढा–टाढा सम्म पनि लगातार अश्रुग्यासको गोलीको आवाज सुनिएको छ । प्रहरीले दिल्लीका विभिन्न सडक बन्द गरेको छ । प्रदर्शन र आन्दोलन बढेसँगै त्यस क्षेत्रको इन्टरनेट बन्द गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू