अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

चेल्सीको प्रशिक्षक फ्रांक लाम्पार्ड हटाइए

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:४८ मा प्रकाशित

इंग्लिस फुटबल क्लव चेल्सीले प्रशिक्षक फ्रांक लाम्पार्डलाई बर्खास्त गरेको छ । चेल्सीले पछिल्लो समय लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक लाम्पार्ड बर्खास्तीमा परेका हुन् ।इंग्लीश प्रिमियर लिगमा नवौं स्थानमा रहेको चेल्सीले पछिल्ला आठमध्ये पाँच खेल हारेको छ । आफू बर्खास्त हुने खबर बाहिरीएपछि लाम्पार्ड हिजो टिमको नियमित प्रशिक्षणमा पनि सहभागी भएनन् ।

लाम्पार्डको स्थानमा अब फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन (पीएसजी)का पूर्व प्रशिक्षक थोमस टुचेललाई ल्याउने तयारी भइरहेको छ । रुसी धनाढ्य रोमन अब्रामोभिचले क्लव सम्हालेपछि बर्खास्त हुने लाम्पार्ड १० औं ब्यक्ति हुन ।

एफए कप अन्तर्गत आइतबार भएको लुटन टाउन विरुद्धको खेल चेल्सी प्रशिक्षकको रुपमा लाम्पार्डको अन्तिम खेल बनेको छ । क्लवका पुर्व खेलाडी समेत रहेका लाम्पार्डले यो सिजन नयाँ खेलाडीका लागि दुई सय ५० मिलियन पाउण्ड खर्च गरेका थिए । तर खर्च अनुसार खेलाडीहरुबाट प्रतिफल नदेखिएपछि क्लब व्यवस्थापन उनीसँग सन्तुष्ट थिएन ।

प्रतिक्रिया