अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

टोटनह्याम फराकिलो अन्तरले विजयी

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:३९ मा प्रकाशित

एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ । लण्डन क्लब टोटनह्यामले वाइकोम्बी वान्डरर्सलाई उसैको मैदानमा ४–१ ले पराजित गर्यो । टोटनह्यामलाई फराकिलो गोल अन्तरमा विजयी गराउन दोम्बेलेले दुई गोल गर्दा ग्यारेथ बेल र ह्यारी विङ्कसले एक एक गोल गरे ।

पराजित टोली वाइकोम्बीका फ्रेड ओनेदिम्बाले पहिलो गोल गरेका थिए ।जितसँगै टोटनह्याम हट्सपर एफए कप फुटबलको पाँचौ चरणमा उक्लिएको छ । पाँचौ चरणको खेलमा टोटनह्यामले प्रिमियरसिप प्रतिद्धन्दी एभर्टनको सामना गर्नेछ ।

प्रतिक्रिया