अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

एनएनआइपीए स्पोर्ट्स अवार्ड फागुन ८ गते

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:३९ मा प्रकाशित

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआइपीए स्पोर्टस अवार्ड फागुन ८ गते हुने भएको छ ।एनएनआईपिएले आज पत्रकार सम्मेलन गरेर यसबारे विस्तृत जानकारी गराएको हो ।एनएनआईपिएका अध्यक्ष दिपक श्रेष्ठले अवार्ड मध्यपुर ठिमी नगरपालिकामा हुन लागेको बताउनुभयो ।

संघले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको बताएको छ ।यस विधालाई स्काई ब्रान्डले प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।जनही ५० हजार रुपैयाँ पुरस्कार राशीको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताईएको छ ।

गत वर्ष खेलाडीले गरेको प्रर्दशनका आधारमा सम्बन्धित संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ ।अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलाडीलाई समावेश गरिएको आयोजक खेलाडी संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू