अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

मोडेर्नाले उत्पादन गरेको खोपले कोरोनाको नयाँ प्रकारलाई पनि परास्त गर्ने वैज्ञानिकहरूले दाबी

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:३४ मा प्रकाशित

अमेरिकी औषधि उत्पादक मोडेर्नाले उत्पादन गरेको खोपले कोरोनाको नयाँ प्रकारलाई पनि परास्त गर्ने वैज्ञानिकहरूले दाबी गरेका छन् । आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोना भाइरसको प्रकारसँग लड्न पनि सक्षम देखिएको मोडेर्नाका वैज्ञानिकहरूले जनाएका छन् ।

प्रारम्भीक परीक्षणमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको बीबीसीले जनाएको छ । यद्यपि खोप लगाइएका मानिसहरूमा अध्ययन नगरिएकाले पूर्णरूपले त्यसले काम गर्नेमा पनि आशंका कायमै छ ।

सुरुमा बेलायत र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको चाहीँ पहिलेको भन्दा केही घातक हुने प्रारम्भीक अध्ययनहरूले देखाएका छन् । सेप्टेम्बर महिनामा बेलायतबाट फैलिएको नयाँ प्रकारको भाइरस ७० प्रतिसतसम्म थप संक्रामक पाइएको विज्ञहरूले जनाएका छन् ।

2DFRG3X

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू