अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 15:16

संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको सिठी जुलुस

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:३४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहले संसद विघटनविरुद्ध सिठी जुलुस निकालेको छ। प्रचण्ड –नेपाल समूहले संसद विघटनविरुद्ध घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार सिठी जुलुस निकालेको हो। राजधानीको लैनचौरबाट निस्किएको सिठी जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेको थियो। उक्त समूहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ।

जसअन्तर्गत १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना र माघ १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ। यसैगरी माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरिएको छ। माघ २२ गते काठमाडौँमा युवा र्याली २६ गते देशव्यापी मशाल जुलुस र २८ गते काठमाडौँमा विरोधसभा गर्ने घोषणा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू