अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 15:12

निर्वाचनमा सहयोगी भूमिका निभाउन निजी क्षेत्रलाई अर्थमन्त्रीको ‘विशेष’ आग्रह

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:३३ मा प्रकाशित

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा सहयोगी भूमिका निभाउन आम नागरिकलाई आग्रह गर्नुभएको छ । आज भन्सार दिवसका अवसरमा मन्त्री पौडेलले विशेष परिस्थितिले मध्यावधी निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसमा सघाउन आग्रह गर्नुभएको हो ।

निजी क्षेत्रलाई भने यसक्रममा सहयोग गर्न विशेष आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका राजेशकाजी शाक्य र नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाललाई यस्तो आग्रह गर्नुभएको हो ।

पौडेलले भन्नुभयो “विशेष परिस्थितिले मध्यावधी निर्वाचन गर्नुपर्ने अवस्था आएको छ । यो परिवेशमा वातावरणलाई अनुकुल बनाउन सहयोगी भूमिका निर्वाह गर्न सबै क्षेत्रका महानुभावलाई आग्रह गर्न चाहन्छु र निजी क्षेत्रलाई यसमा विशेष आग्रह गर्छु ।” पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको भन्दै लोकतन्त्र पक्षधरले निर्वाचनको विरोध नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू