अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 15:09

केपी ओलीलाई नेकपाको नाम नलिन नेपालको चेतावनी

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:३३ मा प्रकाशित

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बताउनु भएको छ । ताप्लेजुङमा आयोजित भेलामा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ओलीलाई अध्यक्षबाट हटाइसकेको बताउनुभएको छ ।

निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले बताउनु भयो । ‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन्’, नेपालले भन्नुभयो । ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिँदै नेपालले भने, ‘यदि, अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’

निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उनी अध्यक्ष नरहेको नेपालले बताउनुभयो । नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि नेपालले आग्रह गर्नुभयो । ‘सूर्य पाउन आशा नगर्दा हुन्छ । बयलबाडा लिएर गए हुन्छ’, उहाँले भन्नुभयो ।

केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको नेपालले आरोप लगाउनुभयो । वामदेव गौतमले ओलीलाई सुर्धाछु भन्नु बालुवा पेलेर तेल निकाल्ने कुरा भएको नेपालले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू