अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

कास्कीको घान्द्रुकमा सिनेमा संवाद

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:३२ मा प्रकाशित

चलचित्र पत्रकार संघ कास्कीले घान्द्रुक ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गरेको छ । माघ १२ र १३ गते पर्यटकीय गाउँ घान्द्रुकमा कार्यक्रम सुरु भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी दिनुभयो ।

उहाँले लामो समयको बन्दाबन्दी पश्चात माघ १ गतेबाट खुलेको पर्यटकीय गाउँ घान्द्रुकको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँको अनुसार कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ विषयमा बहस गरिने बताउनुभयो ।

अध्यक्ष गिरीले कोरोना महामारी रोक्न लगाइएको लकडाउन खुला भएपछि पनि चलचित्र र पर्यटन क्षेत्रमा आशातीत प्रगती हुन नसकेको र दुवै क्षेत्रलाई पुरानै लयमा फर्काउन आफूहरुले कार्यक्रमको आयोजना गरेको जानकारी गराउनुभयो । कार्यक्रममा चलचित्र, साहित्य र पर्यटन सम्बद्ध विद्वत व्यक्तिहरुले अन्तत्र्रिmया गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा कलाकार तथा क्याप्टेन विजय लामा, कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी, चलचित्र निर्देशक सुदर्शन थापा, साहित्यकार गनेस पौडेल, साहित्यकार, भूषिता वशिष्ठ र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले आफ्ना विचार राख्नेछन् । सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, निर्देशक तथा कलाकार दिनेश डिसी र पत्रकार वाशु मिश्र रहने जानकारी दिनुभयो ।

अध्यक्ष गिरीले ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ विषयमा वक्ताहरु चलचित्र कलाकार तथा क्याप्टेन विजय लामा, निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बहस गर्ने बताउनुभयो । जसमा सहजकर्ताको भूमिकामा पोखरामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका बाशु मिश्र रहने बताउनुभयो । उक्त सेसनमा चलचित्र र पर्यटनको अहिलेसम्मको सम्बन्ध र भविष्यको सम्भावनाको बारेमा बहस हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू