अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

कांग्रेसद्वारा संसद बिघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:३० मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।मंगलबार बसेको पार्टीको केन्द्रिय कार्यसमिति बैठकले माघ १९, २४ र ३० गते आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । केन्द्रिय कार्यसमितिले माघ १९ गते भ्रातृ संस्थाहरूको विरोध प्रदर्शन, २४ गते शुभेच्छुक संस्थाहरूबाट ३० गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने भएको छ ।

यसअघि पार्टीको पदाधिकारी बैठकले माघ १९, २४ र २७ गते विरोधका कार्यक्रम गर्ने निर्णय गर्दै त्यसलाई केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको थियो । बैठकले माघ २७ गतेको विरोध कार्यलक्रमलाई तीन दिन पछि सार्दै ३० गते पुयाएएको हो ।

त्यसअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रस्तुत हुनका लागि छुट्टाछुट्टै छलफल गरेका थिए । पार्टी सभापति देउवा निर्वाचनको पक्षमा उभिनुभएको छ भने वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म आन्दोलनलाई चर्काउनुपर्ने पक्षमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू