अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

वर्षकै सर्वोत्कृष्ट बेस्ट मोडेल अवार्ड हात पारे एड्भेन्चर स्टार गौतम खातीले

बिआरटीनेपाल २०७७ माघ १२ गते ९:११ मा प्रकाशित

काठमाण्डौं । हालै काठमाण्डौंमा सम्पन्न नेशनम क्यापिटल अवार्डको सातौँ संस्करणमा एड्भेन्चर स्टार गौतम खाती बेस्ट मोडेल अवार्डबाट पुरस्कृत भएका छन् ।

कार्यक्रम क्यापिटल इन्टरटेन्टमेन्ट तथा शुभकामना मिडिया सोलुसनको संयुक्त आयोजनामा आयोजनामा माननीय सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा तथा सङ्गीत सम्राट् शम्भुजित बास्कोटाको विशेष आतिथ्य, अतिथि तथा मिडियाको उपस्थिति माझ सम्पन्न भएको हो ।

प्रमुख अतिथि पार्वत माननीय सञ्चार मन्त्री पार्वत गुरुङ विशेष अतिथि, सङ्गीतकार शम्भुजित बास्कोटा, आयल निगमका पूर्व अध्यक्ष, गायक तथा समाजसेवी सिताराम पोखरेलको हातबाट एड्भेन्चर स्टार गौतम खातीलाई ‘यो मुटुमा तिम्रै नाम’गीतको म्युजिक भिडियोबाट वर्षकै ‘बेस्ट मोर्डन म्युजिक भिडियो मोडेल’बाट ससम्मान पुरस्कृत गरिएको थियो ।

खातीले यसअघि पनि तीन दर्जन बढी म्युजिक भिडियो तथा एड्भेन्चर्स काम गरी देश विदेशमा आफ्नो नाम राख्न सफल भइसकेका छन् ।

खातीले यही वर्ष संसारकै दोस्रो अग्लो बन्जी जम्पबाट जम्प गरेर रेकर्ड कायम गरेका थिए भने वि स २०७५ सालमा १५००० फिट माथिबाट ब्ल्याक बेल्ट ड्रेस लगाएर बिना अक्सिजन र प्रोटेक्सन हाम्फालेर विश्व रेकर्ड कायम गरेका थिए ।

प्रतिक्रिया