अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

महासङ्घको कर तथा राजस्व समिति विस्तार

बिआरटीनेपाल २०७७ माघ १२ गते ८:३२ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य सन्दीपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ । समितिको सहपतिहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू सन्दीप अग्रवाल, गोविन्द ढुङ्गेल, पूर्व कारिणी समिति सदस्य कृष्णप्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिनु भएको छ ।

त्यसै गरी समितिका सदस्यहरूमा फ्रेट फरवार्डर एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक सङ्घका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहाल चुनिनु भएको छ ।

त्यसै गरी समितिको आमन्त्रित सदस्यहरूमा महासङ्घको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवर्द्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तीय तथा बिमा समितिका सभापति शाहिल अग्रवाल, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाश सिंह कार्की, कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी सङ्घका विनोद सेठिया, नरेन्द्र गुप्ता, नेपाल भारत उद्योग वाणिज्य सङ्घका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभर लिमिटेडका कार्यकारी अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एशोसिएटसका म्यानेजिङ एशोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्यूरिटिज कम्पनीप्रा.लि.का प्रकाश तिवारी चुनिनु भएको छ ।

त्यस्तै एस.आर. पाण्डे एण्ड कम्पनीका एफसीए सुदर्शनराज पाण्डे, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मनसुरी, भन्सार एजेन्ट महासङ्घका अध्यक्ष शान्ताराज शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुल प्रसाद न्यौपाने, जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललितकुमार साह, मेची उद्योग वाणिज्य सङ्घका कपिल क्षेत्री र नेपाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष राजेन्द्र शेरचन समितिका विशेष आमन्त्रित सदस्य हुनुहुन्छ भने समितिको सल्लाहकारहरूमा महासङ्घको कार्यकारिणी समितिका पूर्व सदस्य शैलेन्द्र गुरागाई, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग सङ्घका अध्यक्ष रमेश श्रेष्ठ, अडिटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष, एसोसिएसन अफ चार्टड एकाउन्टस अफ नेपालका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, महासङ्घका कानुनी सल्लाहकार दीपक घिमिरे,अधिवक्ता रमश कुमार कर्ण, महासङ्घको कार्यकारिणी समितिका पूर्व सदस्य सुनिल गोपाल श्रेष्ठ हुनुहुन्छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन हुनु भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्नुहुँदै उद्यमी व्यवसायीहरूका समस्या तथा कठिनाइ पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । अध्यक्ष गोल्छाले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यकालको सफलतासँग समेत जोडिएकाले समितिले सोही अनुसार कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउनुहुँदै महासङ्घ सचिवालयमा कर राजस्व सम्बन्धी समस्या एवं गुनासो संशोधन गर्न एक इकाई स्थापना गर्ने योजना रहेको पनि जानकारी गराउनु भयो । कार्यक्रममा महासङ्घको उपाध्यक्ष अञ्जन श्रेष्ठको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू