अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

शेयर बजारको उकालो यात्रा रोकिएन, नेप्से २४ सय ४० विन्दुभन्दा माथि

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:३४ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से सोमबार (आज) पनि बढेको छ । नेप्से १६ दशमलव शून्य चार अङ्कले बढेर २४ सय ४० दशमलव ८७ विन्दुमा पुगेको छ ।सोमबार बैंक, व्यापार, निर्जीवन बीमा र अन्य समूहको शेयर बढेको छ भने जलविद्युत्, विकास बैंक, होटल, फाइनान्सलगायत समूहको शेयर घटेको छ । बैंक समूहको शेयर २५ अङ्कले, व्यापारको ९० र निर्जीवन बीमा समूहको शेयर ७९ अङ्कले बढेको छ ।

सोमबार दुई सय आठ कम्पनीका एक करोड ९२ लाख ८५ हजार कित्ता शेयर आठ अर्ब ९० करोड ३५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सोमबार नागरिक लगानी कोषका शेयरधनीले १० प्रतिशत र अरू पाँच वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । समग्र बजार बढे पनि श्री इन्भेसेटमेन्ट फाइनान्सका शेयरधनीले झण्डै सात प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू