अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

मेनपावरमा छापा, २२ जनाको शंकास्पद फारम बरामद

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:३१ मा प्रकाशित

पछिल्लो समय अवैध रुपमा नेपाली युवा कतार प्रहरीमा रोजगारीको लागि जाने क्रम बढे पछि बैदेशिक रोजगार विभागले अनुगमन बढाएको छ ।विभागले सोमबार काठमाडौं सिनामंगलस्थित म्यानपावर कम्पनी कल्याण सेक्युरिटी सर्भिसेजमा छापा मारेर २२ जनाको शंकास्पद फारम बरामद गरेको छ ।

कतार प्रहरीमा अवैध रुपमा पठाउन भन्दै अन्तरवार्ता लिएको सूचनाका आधारमा विभागले छापा मारेको जनाएको छ ।यसरी अन्तरवार्तामा पास भएकाहरुलाई लाखौं असुलेर भारतको बाटो हुँदै कतार पु¥याउने काम भइरहेको विभागको आशंका छ । विभागले गैर कानूनी रुपमा श्रमकालागि विदेश जाने कुरा अमान्य हुने भन्दै यो कदम तत्काल रोक लगाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू