अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

पोखरामा माघ २७ गतेदेखि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने

बिआरटीनेपाल २०७७ माघ १२ गते ७:३० मा प्रकाशित

पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले आज पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिता पोखरा रंगशालामा हुने जनाएको छ ।

गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले महिलातर्फ चार र पुरुषतर्फ चार गरी ८ टिमको सहभागिता रहने जानकारी दिनुभयो । राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरीबल, त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी र न्यू डायमन्डको सहभागिता रहने छ ।

यसै गरी पुरुषतर्फ सशस्त्र प्रहरी, त्रिभुवन आर्मी, नेपाल प्रहरी र गण्डकी प्रदेशको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू